निजगढ विमानस्थल रोक्ने कुरा सुन्दा बडो दुःख लाग्यो : अध्यक्ष नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजगढ विमानस्थल रोक्ने कुरा सुन्दा बडो दुःख लाग्यो : अध्यक्ष नेपाल


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

आज (शुक्रबार)को संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताए ।

‘बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । देश सबैको साझा हो । त्यसो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा ठान्दछु,’ अध्यक्ष नेपालले भने ।

नेपालले विमानस्थलको विकल्प के हो ? भन्दै प्रश्न पनि गरे । निजगढमा विमानस्थल बनाउनु धेरै हिसाबले उपयुक्त भएको निष्कर्षपछि नै काम अघि बढाइएको स्मरण गरे ।

उनले रोक्नुको कारणबारे पुनर्विचार गर्न आग्रह गर्दै सरकारको पनि ध्यानाकर्षण गराए । ‘निजगढमा विमानस्थल बनाउनु सबै आधारमा उपयुक्त छ । तर्कको आधार तथ्यको आधार छैन भन्ने पुष्टि गर्ने कारण के के हो ? बन विनाशको कुरालाई असर पर्दैन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस