२२२३ अङ्कमा झऱ्यो नेप्से « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२२२३ अङ्कमा झऱ्यो नेप्से


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २२२३ अङ्कमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.८२ अङ्कले घटेको हो । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि बिहीबार कारोबार रकम १ अर्ब पनि पुगेको थिएन ।

३८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ८ को स्थिर रह्यो । होटल तथा पर्यटनबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह २ अङ्क बढ्यो ।

बैङ्किङ ६, विकास बैङ्क ३७, फाइनान्स २२, जलविद्युत् २९, जीवन बीमा ७८, उत्पादन ३७, लघुवित्त २०, निर्जीवन बीमा ६८, अन्य २९ र व्यापार उपसमूह १३ अङ्क घटे । रुरु जलविद्युतको मूल्य ६ र नारायणी डेभलपमेन्ट बैङ्कको मूल्य ५ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा प्रभु बैङ्क (संस्थापक), मेगा, अरुणभ्याली, अरुण काबेली र नबिल बैङ्क क्रमश: अगाडि रहे । दिव्यश्वरी, हिमाल दोलखा, कर्णाली विकास बैङ्क तथा माथिल्लो तामाकोसीको मूल्य क्रमश: ३.७, ३.७, ३.६ र ३.२ प्रतिशत घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस