बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्येको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

निजगढ विमानस्थल निर्माणले त्यहाँका जनता, मुलुकको भाग्य र भविष्य उज्ज्वल हुने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकाङ्क्षी योजनामा सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले आरोप लगाएका छन् ।

दंगालले भारतको इसारामा अदालतले गैर जिम्मेवारी प्रदर्शन गरेर न्यायालयको बदनाम गरेको पनि बताए ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस