लगातार उकालो लाग्यो नेप्से « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लगातार उकालो लाग्यो नेप्से


१२ जेष्ठ २०७९, बिहिबार


शेयर बजार

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ ।

सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने सङ्केत नीति तथा कार्यक्रमले गरेको छ । सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अङ्कले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरूमा मिश्रित परिणाम देखिएको छ ।

बैङ्किङ, व्यापार, निर्जीवन बिमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बिमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो । अन्य उपसमूह भने राताम्य भयो ।

बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ । बिहीबार मेघा बैङ्कको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर २४७.५० रुपैयाँ पुग्यो ।

नारायणी विकास बैङ्कको मूल्य ६.२० प्रतिशतले बढ्दै ३७७ रुपैयाँ पुगेको छ । बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ ।

सिंगटी हाइड्रो, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपासहितका कम्पनीको मूल्य समेत घेरै घट्नेमा रहेको छ । यस दिन मेघा बैङ्कको सबैभन्दा धेरै कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस