भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको छ ।

बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खस्न सुरु भएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरका जनताको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस