स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्छ : त्रिपाठी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्छ : त्रिपाठी


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

काठमाडौँ, धरानलगायतको उदाहरण दिँदै उनले सुशासन बढाउनका लागि पनि यो आवश्यक भएको बताएका हुन् ।

बिहीबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राख्दै उनले स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही र उचित व्यक्तिलाई मत हाल्न पाउने जानकारी दिए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा २०७९÷८० मा कार्यक्रमहरू भए पनि नीति भने कतै नभएको बताए । उनले ६ वटा बुँदामा प्रस्ताव राख्दै कृषि, बैङ्क, महालेखा, निजामती विधेयक, नागरिकतासम्बन्धी ऐन, परीक्षण लगायतका विषयमा संशोधन प्रस्ताव राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस