पल शाहको मुद्दाको सुनुवाइ स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पल शाहको मुद्दाको सुनुवाइ स्थगित


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।

उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।

नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस