ईपीजी प्रतिवेदन एक पक्षीय रूपमै भए पनि बुझ्न देउवालाई ओलीको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ईपीजी प्रतिवेदन एक पक्षीय रूपमै भए पनि बुझ्न देउवालाई ओलीको आग्रह


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्वजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै ओलीले उक्त प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझे पनि हुने बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नु प्यो । प्रधानमन्त्रीजीले बुझ्नुस् । दुवै तर्फको प्रतिवेदनको सहमतिको प्रतिवेदन हो त्यो । निजी ढङ्गले कसैले अध्ययन गरेका विषय होइन । भारतले बुझ्दैन भनेर हुन्न ।’ उनले भने ।

नेपाल र भारतबिचका विभिन्न समस्या समाधानका लागि दुई देशको प्रधानमन्त्री स्तरको सहमतिमा बनेको प्रबुद्ध व्यक्ति समूहले दुई वर्ष भन्दा बढी काम गरेर प्रतिवेदन तयार पारेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा अहिलेसम्म सार्वजनिक भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस