अध्यक्ष ओलीको प्रश्न : १४ दिनसम्म किन निर्वाचन परिणाम आएन ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अध्यक्ष ओलीको प्रश्न : १४ दिनसम्म किन निर्वाचन परिणाम आएन ?


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि परिणाम किन आइसकेको छैन ? भन्दै प्रश्न गरेका छन् ।

आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको बताए ।

‘आज १४ दिनसम्म पनि किन परिणाम आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । निष्पक्ष हुन सकेन,’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस