काठमाडौँ महानगर : स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी, काँग्रेस-एमाले असफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर : स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी, काँग्रेस-एमाले असफल


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् ।

मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौँ महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौँ महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौँ महानगरपालिकामा काँग्रेस र एमालेको बलियो सङ्गठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डङ्गोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस