२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुर उपमहानगर : मेयर र उपमेयरमा एमालेको जित लगभग निश्चित

अ+ अ-

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ।

दुई वडाहरूको मतगणना जारी रहे पनि अहिलेसम्म प्राप्त भएका मतका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भएको हो।

अहिलेसम्म ७११६६ मत गणना भइसक्दा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गरेका छन्।

मेयरका उम्मेदवारमध्ये एमालेका खड्का ३३६६ मतले अगाडि र उपमेयरमा चौधरी ९२०१ मतले अगाडि छिन्।

तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको थियो। अब तीन हजार एक सय ७० मत मात्रै गणना हुन बाँकी छ।

तुलसीपुरमा एमालेले हालसम्म २, ३, ६, ८, १०, ११, १३, १५ र १८ नम्बर गरी ९ वडा जितेको छ। यो पटक एमालेले काँग्रेसबाट २, ८, १०, ११ र १३ गरी पाँच वडाहरू खोसेको हो।

त्यस्तै काँग्रेसले वडा नम्बर ५, ७, ९ र १४ नम्बर गरी चार वडामा जितेको छ। माओवादीले वडा नम्बर १, ४ र १२ जितेको छ भने वडा नम्बर १६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

जारी मत गणना अन्तरगत वडा नम्बर १७ मा काँग्रेस झिनो मतान्तरले अगाडि छ। त्यस्तै वडा नम्बर १९ मा एमाले अगाडि छ।