नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले थप नौ सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार प्रशासनतर्फ थप नौ जना सहसचिवको सरुवा गरेका हुन् । शुक्रवार मात्रै मन्त्रालयको रिक्त पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : एक सहसचिवको सरुवा

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरणअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू उमेश ढुङ्गानाको सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल सरुवा भएको छ भने त्यहाँका सहसचिव विष्णुप्रसाद कोइराला मन्त्रालयको अतिरिक्तमा सारिएका छन् ।

यस्तै मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव कल्पना श्रेष्ठको गृह मन्त्रालय वा अन्तर्गत, नारायण प्रसाद शर्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश वा अन्तर्गत, सुरेश राउत यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, प्रदेश नं. १ विराटनगर, सुशीला अर्याल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा भएको छ ।

यसैगरी सहसचिव सुरेश पन्थीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश, दीपक घिमिरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौँ र प्रदीप परियारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस