पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग


१० जेष्ठ २०७९, मंगलबार


पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा हिजो (सोमबार) आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली काँग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली काँग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस