आइपिएल : पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइपिएल : पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मङ्गलवार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

कलकत्तामा दुई टोलीबिचको क्वालिफायर खेल नपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै दुवै टोली फाइनलमा पुग्ने योजना छन् ।

तर, तुलनात्मक हिसाबमा राजस्थानभन्दा गुजरात बलियो टोली हो । लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ ।

गुजरातले २० अङ्क जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अङ्क जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस