इपिएललाई स्वीकृति नदिए क्यानका सबै प्रतियोगिता बहिष्कार गर्ने लगानीकर्ताको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इपिएललाई स्वीकृति नदिए क्यानका सबै प्रतियोगिता बहिष्कार गर्ने लगानीकर्ताको चेतावनी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई निरन्तरता नदिए इपिएल फ्रेन्चाइज टोलीका लगानीकर्ताले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहयोग नगर्ने चेतावनी दिएका छन् । गत साता क्यानले आफ्नै आयोजनामा नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । घोषणासँगै क्यानले यसबाहेक अन्य टी-२० फ्रेन्चाइज प्रतियोगितालाई मान्यता नदिने जनाएको थियो । यो घोषणाअघि नै इपिएलले आगामी कात्तिकमा पाँचौँ संस्करणको प्रतियोगिता आयोजना गर्ने जनाएको थियो ।

क्यानको निर्णयसँगै पाँचौँ संस्करणको इपिएल अन्योलमा परेको छ । इपिएलले आफ्नो तयारीसमेत सुरु गरिसकेको छ । क्यानको आयोजनामा हुने नेपाल टी-२० लिग भने असोज-कात्तिकमा हुनेछ । यो होम एन्ड अवे अवधारणामा एक महिनासम्म चल्नेछ । क्यानले इपिएल आयोजनाको स्वीकृति प्रदान नगरेपछि दबाब दिने उद्देश्यले फ्रेन्चाइज टोलीका मालिकहरूले सोमबार पत्रकार सम्मेलन गरी घुमाउरो शैलीमा क्यानले आयोजना गर्ने प्रतियोगितामा आर्थिक सहयोग नगर्ने चेतावनी दिएका छन् ।

‘निर्णयमाथि पुनरावलोकन नभए हामी क्यानले आयोजना गर्ने प्रतियोगितामा सहयोग गर्नेछैनौँ, उसका सबै प्रतियोगिता बहिष्कारसमेत गर्न बाध्य हुनेछौँ,’ इपिएलमा आबद्ध ६ मध्ये पाँच फ्रेन्चाइज टोलीका मालिकले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ ।

इपिएल फ्रेन्चाइजमा काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा वारियर्स छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस