विश्व लिग टु शृङ्खला अघि नेपालले अमेरिकामा २ अभ्यास खेल खेल्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्व लिग टु शृङ्खला अघि नेपालले अमेरिकामा २ अभ्यास खेल खेल्ने


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आइसिसी क्रिकेट विश्व लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबिच हुने शृङ्खला अघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

क्यानको अनुसार नेपाल लिग टु को तयारी स्वरूप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ । खेल यही जेठ १९ र २१ गते हुनेछ ।

नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ । नेपालका पूर्व क्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ ।

नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टु का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस