वीरगन्ज महानगर : गठबन्धनका उम्मेदवार सिंहले बनाए अग्रता दोब्बर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगन्ज महानगर : गठबन्धनका उम्मेदवार सिंहले बनाए अग्रता दोब्बर


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । वीरगन्ज महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।

मेयर पदमा उम्मेदवारी दिएका जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याएका छन्।

सिंहका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सरावगीले १९ हजार ६७९ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ८७५ मत प्राप्त गरेका छन्।

महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १९ हजार ४८३ मतले सिंह अगाडि छन्।

साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ६ हजार ५६८ मत मात्रै प्राप्त गरेका छन्।

उपप्रमुखमा लोसपाका झा भन्दा १८ हजार ३४७ मतले गठबन्धनका उम्मेदवार आलम अगाडि छन् । राप्रपाकी बिना जैसवालले ४८३४ मत पाएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस