मधेशका १२२ पालिकाको नतिजा सार्वजनिक, काँग्रेस बन्यो ठुलो दल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मधेशका १२२ पालिकाको नतिजा सार्वजनिक, काँग्रेस बन्यो ठुलो दल


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा पालीकाको मतपरिणाम आइसक्दा नेपाली काँग्रेस पहिलो दल बनेको छ ।

मधेस प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ ।

नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । उसले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले नै सुरुदेखि अग्रता कायम गरेका छन् ।

लोसपाले ९-९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख, सिके राउतको जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, तमलोपा, विवेकशील र स्वतन्त्रले १-१ वटा पालिका प्रमुख-उपप्रमुख जितेका छन् ।

११५६ वडाहरूको मत परिणाम आउँदा नेपाली काँग्रेस नै अगाडि छ । काँग्रेसले ३८६, एमालेले २४३, जसपाले २०२, माओवादी केन्द्रले १२९, नेकपा एकीकृत समाजवादीले ७०, लोसपाले ८१, स्वतन्त्र १८, जनमत १३, राप्रपा ६, तमलोपा ३, विवेकशील २, जनमत, सुशासन र लोकतान्त्रिकले १-१ वडा जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस