पोखरामा आचार्यको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरामा आचार्यको अग्रता कायमै


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् ।

आचार्य र थापाबिचको मतान्तर ३४४१ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १९६६ मत ल्याएका छन् ।

उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३० हजार २६० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ, ३० हजार १७६ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस