नेपाल र युगाण्डाबीचको चौथो खेल आज, नेपाललाई पहिलो जितको दवाब « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल र युगाण्डाबीचको चौथो खेल आज, नेपाललाई पहिलो जितको दवाब


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल र युगाण्डाबीच जारी पाँच खेलको टी-२० सिरिजमा युगाण्डाले लगातार तीन खेल जित्दै सिरिज जितिसकेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चौथो खेल हुँदैछ। घरेलु मैदानमा लगातार तीन खेलको पराजय पछि नेपाली टोली जितको दवाबमा मैदान उत्रने छ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। नेपाली टोलीको फितलो प्रदर्शनलाई लिएर बिहीवारको पराजयपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अपेक्षा अनुरुप ब्याटिङ र बलिङ नचल्दा पराजय ब्यहोर्नुपरेको बताएकी थिइन्। उनले फिटनेस र फिल्डिङमा कमजोरी रहेको बताउँदै कमजोरी सुधार्ने बताएकी थिइन्।

नेपाली टोलीले पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटको हार ब्यहोरेको थियो।

विहीवारको खेलमा वर्षादका कारण केहीबेर प्रभावित भएकोमा आजको खेल पनि प्रभावित हुनसक्ने देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस