६२४ पालिकाको नतिजा सावजनिक, कुन दलले कति पालीका जिते ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

६२४ पालिकाको नतिजा सावजनिक, कुन दलले कति पालीका जिते ?


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२४ स्थानको अन्तिम नतिजा आएको हो ।

जसमा २७७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७४ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५३, एमालेले १९६, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस