भरतपुरमा ५३,३४६ मतगणना : यस्तो छ रेनु र सुवेदीबिचको मतान्तर « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुरमा ५३,३४६ मतगणना : यस्तो छ रेनु र सुवेदीबिचको मतान्तर


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना भएको छ ।

जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार २२४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरेका छन् । रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३ हजार ३०७ मत अघि छिन् ।

उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् ।

अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस