काठमाडौँ महानगर अपडेट : स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै काँग्रेसकी सिर्जना सिंहको ३३ मत छ ।

समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।

काठमाडौँको वडा नं २८ पुरानो बसपार्क र बागबजार आसपासको क्षेत्र हो । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस