अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी


४ जेष्ठ २०७९, बुधबार


न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठुलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको ‘मध्यम खतरा’मा रहेको न्युयोर्क अहिले ‘उच्च खतरा’मा वर्गीकृत भएको अधिकारीहरुले जनाएका छन् ।

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस