रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र


४ जेष्ठ २०७९, बुधबार


गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लाल सुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बिच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार थिए । दुवै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरीएका हुन् । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित बने भने उनका प्रतिस्पर्धी काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याए ।

रुपा गाउँपालिकाको सात वडामध्ये पाँचमा एमालेले जितेको छ भने दुई वटामा नेपाली काँग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस