अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट सङ्क्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट सङ्क्रमित


४ जेष्ठ २०७९, बुधबार


लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन् ।

यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।

‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को सङ्क्रमणबाट सङ्क्रमित भएको पाइएको समाचारमा जनाइएको छ ।

यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ । जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको सङ्क्रमण भेटिएको पाइएको हो ।

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको सङ्क्रमण बढ्दै गएको पाइएको बताएको छ ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको सङ्क्रमण देखिएको जनाएको हो । अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको सङ्क्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस