बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी


३ जेष्ठ २०७९, मंगलबार


दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली काँग्रेसका पञ्चमाया गुरुङ विजयी भएका छन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।

अध्यक्षमा विजयी थापाले तीन हजार २२९ मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरिन् । प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् ।

छ वटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली काँग्रेसले एक वडा जितेको छ ।

एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा काँग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।

ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरे । नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गरे ।

उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गरे ।

विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। १८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो ।

आठ वडा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस