नेपालगन्जमा काँग्रेस अगाडि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपालगन्जमा काँग्रेस अगाडि


३ जेष्ठ २०७९, मंगलबार


राँझा । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता दोब्बर बनाएको छ ।

गठबन्धनको तर्फबाट काँग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिइरहेका छन् ।

उनका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले चार हजार ३६१ मत प्राप्त गरेकी छन् ।

नेपालगन्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ ।

अहिले वडा नं ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस