भरतपुर-३ मा काँग्रेसको गढ भत्काएर एमाले विजयी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

भरतपुर-३ मा काँग्रेसको गढ भत्काएर एमाले विजयी


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ।

यो वडामा गठबन्धनबाट काँग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मत अन्तरले हराए।

यो वडामा काँग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठुलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई वडाध्यक्षमा सिफारिस गरे पनि क्षेत्रीय समितिले उनलाई अस्वीकार गरेको थियो। क्षेत्रीय समितिका सभापति लामिछानेले आफैँ वडाध्यक्षको उम्मेदवार बनेका थिए। त्यसपछि पण्डितले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचनको केही दिनअघि मात्रै पण्डितले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। सहमतिमा उनी पछाडि हटे पनि मतपत्रमा भने सहमतिको प्रभाव देखिएन। यो वडामा मेयर पदका काँग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याए। यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो।

यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेनु दाहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस