भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।

पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् ।

रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने गठबन्धनका चित्रसेन अधिकारी अघि छन् । उनले तीन हजार ७१६ मत प्राप्त गर्दा राप्रपा हेमलता गुरुङले २ हजार ६१६ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस