शुक्लाफाँटाको प्रमुखमा माओवादी केन्द्रको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्लाफाँटाको प्रमुखमा माओवादी केन्द्रको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।

वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन् ।

त्यस्तै नेकपा ९एकीकृत समाजवादी०का हरिश विष्टले ३८४ मत प्राप्त गरेका छन् । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस