भारतीय अभिनेता सोनु सुदले एक नेपाली किशोरीको पढाइ खर्च व्यहोर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय अभिनेता सोनु सुदले एक नेपाली किशोरीको पढाइ खर्च व्यहोर्ने


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।

वीरगन्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्विटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईँको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्विटरमा लेखेका छन् ।

अब सोनु फाउन्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ । ट्विटरमा विद्यापति शङ्कर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।

कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस