आज विराटनगरमा काँग्रेसले आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज विराटनगरमा काँग्रेसले आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

काँग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरु गर्दै छ। वैशाख २७ भित्र काँग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस