फिर्ता लिएनन् जगन्नाथले भरतपुर महानगरबाट मेयरको उम्मेदवारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फिर्ता लिएनन् जगन्नाथले भरतपुर महानगरबाट मेयरको उम्मेदवारी


१६ बैशाख २०७९, शुक्रबार


चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो ।

दिनभर आफ्नो घर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त कोणसभालाई सम्बोधन गरे ।

सत्तारूढ गठबनणधनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन काँग्रेसमा असन्तोष चुलिएको थियो ।

गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा काँग्रेसकाचित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस