टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो


१४ बैशाख २०७९, बुधबार


अंकारा । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ।

मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: सुरु भएदेखि कम्तीमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ। शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ ।

यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरूको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ । एरियाना न्युजले रिपोर्ट गरेको छ।

गत वर्षको अगस्टको मध्यमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठुलो संख्यामा पलायन मात्र भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस