मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ ।

स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ ।

घोषणापत्रमा भनिएको छ, ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल पूरा गर्ने राजनीतिक सुनिश्चितता छ ।’

अन्य प्रदेश सरकार पूरा कार्यकाल टिक्न नसके पनि जसपाले आफ्नो नेतृत्व जोगाउन सफल भएको दावी गरेको छ ।

३ फागुन २०७४ मा गठित मधेश सरकार पाँचै वर्ष टिक्नुले राजनीतिक स्थायित्वको सन्देश समेत गएको जसपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस