रिक्त एआईजीका लागि ४ डिआइजीको आवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रिक्त एआईजीका लागि ४ डिआइजीको आवेदन


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल(एपीएफ) को रिक्त एक अतिरिक्त महानिरीक्षक(एआईजी) का लागि चार जना नायब महानिरीक्षक(डिआइजी) ले आवेदन दिएका छन् ।

बढुवा समितिमा निवेदन बुझाउने डिआएजीहरुमा राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र वंशी दाहाल रहेका छन् ।

गत बुधवार रिक्त एक एआईजी दरबन्दीका लागि तीन दिनभित्र दरखास्त दिन सूचना आव्हान गरिएको थियो । आवेदन दिएकामध्ये अर्याल, पौडेल र गौतम एउटै मितिका डिआइजी हुन् भने दाहाल केही समयपछि बढुवा भएका थिए ।

२०५४ चैतमा नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका अर्याल, पौडेल र सुवेदी सशस्त्र प्रहरी बल स्थापना भएपछि एक तह बढुवा भएर गएका थिए । गौतम २०५२ सालमा नेपाल आर्मीबाट सेवा प्रवेश गरेका हुन् ।

एआईजीमा बढुवा हुनेले यही वैशाख १९ देखि सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने छन् । वर्तमान आइजिपी केसीसँगै एआईजी पौडेलले वैशाख १८ देखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस