जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गरेका छन् ।

जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज (मंगलबार) फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

चौधरी पहिलो संविधानसभा सदस्य निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस