कालिकोटमा बेवारिसे अवस्थामा शव फेला « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कालिकोटमा बेवारिसे अवस्थामा शव फेला


२९ चैत्र २०७८, मंगलबार


मान्म । कालिकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस