भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा सशस्त्रद्वारा बरामद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा सशस्त्रद्वारा बरामद


२६ चैत्र २०७८, शनिबार


परासी । भन्सार छलेर भारतबाट पश्चिम नवलपरासी भित्र्याइएको ९ लाख बढी मूल्य पर्ने कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएको कपडा लुकाएको सूचनापछि छापा मार्दा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणले उक्त परिणामको कपडा बरामद गरेको सूचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको हो । बरामद भएका कपडामा १८ सय ६२ पिस लेडिज सुट रहेको प्रहरीले जनाएको छ ।

बरामद कपडा महेशपुर भन्सार कार्यालयमा पठाइएको छ । पछिल्लो पटक सीमा नाकाबाट नवलपरासीतर्फ कपडा तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले गस्ती बढाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस