सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस पनि सहभागी, नेकपा एसका मन्त्री हेरफेर गरिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस पनि सहभागी, नेकपा एसका मन्त्री हेरफेर गरिने


२५ चैत्र २०७८, शुक्रबार


धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि काँग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

काँग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।

काँग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्ने भएका छन् । हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बाहेक अरू मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ ।

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्यमन्त्री मनाकुमारी साउद पनि फिर्ता हुने छन् ।

एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामा फिर्ता बोलाएको छ । उनको स्थानमा समाजवादीकै प्रकाश रावल जानेछन् । राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता हुनेछन् । उनको स्थानमा नयाँ राज्यमन्त्री पठाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस