अभिनेता केसी काठमाडौँको मेयर उठ्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अभिनेता केसी काठमाडौँको मेयर उठ्ने


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।

०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौँ महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौँको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको हिजो (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौँ महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुङ्ग्याएको थियो।

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस