अखेटोपहारसहित ३ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अखेटोपहारसहित ३ जना पक्राउ


२२ चैत्र २०७८, मंगलबार


पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तुको अखेटोपहारसहित तीनजना भक्तपुरबाट पक्राउ परेका छन् । जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ स्थित मनोहरा नयाँ बस्तीमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही वडा बस्ने ४७ वर्षीय क्षत्रबहादुर बेगा, कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा क्षेत्री तथा जोरपाटी नयाँ बस्ती बस्ने ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।

उनीहरूको साथबाट कस्तुरीको बिनाजस्तो देखिने बास्नादार वस्तु ५ थान तथा भालुको पित्त जस्तो देखिने वस्तु ५ थान प्रहरीले बरामद गरेको सूचना अधिकृत कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस