नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड !


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दै छ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् ।

शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मङ्गलवार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

नेपाल र मलेसियाबिचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

गत वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङ्खला खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मलेसियाले पीएनजीलाई हराएर सनसनी मच्चाएको छ । त्यसै बेला नेपालले दुवै खेलमा मलेसियालाई पराजित गरेको थियो ।

नेपाल र मलेसिया ११ महिनापछि खेल्न लागेका हुन् ।

मलेसिया नेपालको लागि नौलो प्रतिद्वन्द्वी भने होइन । अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबिच कुल १० खेल भइसकेको छ । जसमा ६ खेल टी- २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

वैशाखमा नेपालले मलेसियालाई टीयू मैदानमै ९ विकेट र ६९ रनले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस