एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैर आवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईँहरूबाट ठुलो अपेक्षा गरेका छौँ’ उनले भने, ‘तर तपाईँहरू नै एक हुनुहुन्न, तपाईँहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस