चुनाव हारे पनि धामी फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चुनाव हारे पनि धामी फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्।

मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कङ्ग्रेस आईका उम्मेदवारसँग ६ हजार बढी मतले पराजित भएका थिए।

चुनाव हारे पनि भारतीय जनता पार्टीका विधान सभा सदस्यले सोमबार धामीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ।

उत्तराखण्डको ७० सदस्यीय विधान सभामा भाजपाले ४७ सिट जितेको छ।

भारतको संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ।

यसअघि पश्चिम बङ्गालमा ममता बेनर्जी चुनावमा पराजित भए पनि फेरि मुख्यमन्त्री बनेकी थिइन्। पछि उनी उपनिर्वाचनबाट सांसद बनेकी थिइन्।

धामीका लागि पनि सिट खाली गर्न ६ जना भाजपा सांसद तयार रहेको बताइएको छ। ४७ वर्षीय धामीले भोलि (बुधबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

भाजपाले यसपालि जितेका चार वटै राज्यमा पुराना मुख्यमन्त्रीलाई दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस