लेटाङ घटनामाथि छानबिन हुन्छ : गृहमन्त्री खाण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लेटाङ घटनामाथि छानबिन हुन्छ : गृहमन्त्री खाण


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन्।

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

फागूपूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरू समेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको थियो।

घटनामा २९ प्रहरी घाइते भएका थिए। तीमध्ये अहिलेसम्म पाँच प्रहरी कोसी अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस