मुलुकको व्यापार घाटा ८ महिनामै ११ खर्ब ६० अर्ब नाघ्यो « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

मुलुकको व्यापार घाटा ८ महिनामै ११ खर्ब ६० अर्ब नाघ्यो


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम आयातका लागि बाहिरिएको छ ।

सोही अवधिमा नेपालले जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरी आम्दानी गरेको छ । आयात गत वर्षको यसै अवधिको तुलनामा ३८.६४ प्रतिशत बढेको छ भने निर्यात ८२.९० प्रतिशतले बढेको तथ्याङ्क छ ।

पाम र सोयाविनको कच्चा तेल आयात भई प्रशोधन गरी पुन: निर्यात गरिँदा निर्यातको वृद्धिदर उच्च देखिएको हो । निर्यातमा प्रशोधित सोयाबिन तेल र पाम तेल सबैभन्दा अगाडि छन् ।

पहिलेदेखि नै ठुलो हिस्सा रहेको आयातमा ती कच्चा तेलको हिस्सा कम देखिन पुग्यो भने सानो आकारको निर्यातलाई त्यसले ठुलो वृद्धि दर देखाउन पुग्यो । तसर्थ यो निर्यातको वृद्धिदरलाई लिएर हौसिनुपर्ने अवस्था नरहेको जानकार बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस