एनआरएनएको निर्वाचन रोकेर दुवै पक्षलाई छलफलमा आउन अदालतको अन्तरिम आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एनआरएनएको निर्वाचन रोकेर दुवै पक्षलाई छलफलमा आउन अदालतको अन्तरिम आदेश


७ चैत्र २०७८, सोमबार


काठमाडौं । उच्च अदालत पाटनले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ ।

गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेले सोही अदालतको आदेश विपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।

निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले चैत ९ सम्मका लागि अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि आगामी बुधबार (९ चैत) मा बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आज (सोमबार) अन्तरिम अल्पकालीन आदेश दिएको हो ।

दुवै पक्षलाई आ-आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्को पक्षको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस