सकियो पलविरुद्धको अनुसन्धान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सकियो पलविरुद्धको अनुसन्धान


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस